आगामी आर्थिक वर्ष २०८३/ ०८४ को बजेट प्रस्तुत गर्न संघीय संसदको बजेट अधिवेशनको तयारी तीव्र पारिएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आह्वान गरेपनि सरकारको सिफारिसमा विशेष कारणवश अधिवेशन स्थगित भएको थियो । अब पुनः राष्ट्रपतिले अधिवेशन आह्वान गर्नेछन् । संसद बैठक अनिश्चित भएपनि अर्थमन्त्रालयले भने बजेट निर्माणलाई तिव्रता दिएको छ । […]