प्रसिद्ध धार्मिक तथा पर्यटकीय तीर्थस्थल मुक्तिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट भएको आम्दानी सञ्चय गरिएका पाँच बैंक खातामा ११ करोड ७६ लाख रुपैयाँभन्दा बढी रकम मौज्दात रहेको छ। मुक्तिनाथ विकास समितिका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म समितिका पाँचवटा बैंक खातामा कुल ११ करोड ७६ लाख ३३ हजार रुपैयाँ मौज्दात रहेको छ। समितिका व्यवस्थापक दिनेश भुसालका […]