काठमाडौँ। खराब ब्याटिङसँगै विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा सदूरपश्चिम रोयल्सलाई लगातार दोस्रोपल्ट फाइनलमा पुग्ने कीर्तिमान दिलाइदिएको छ। त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा मंगलबार भएको क्वालिफायर-१ मा सुदूरले लिग चरणमा बेहोरेको ६ विकेटको हारको बदला लिएको हो। यसपल्ट सुदूरपश्चिम ७८ रनले विजयी भयो। १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा सबै विकेट गुमाउँदै ७७ रनमै समेटियो। […]