नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले नयाँ कार्यसमिति चयन गरेको छ। सन् २०२१ देखि नेपालमा सक्रिय यो गैर–नाफामुखी संस्थाको २०२५ अक्टोबर १२ मा सम्पन्न वार्षिक साधारण सभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो। उक्त सभा अमेरिका, युरोप, अष्ट्रेलिया र नेपालका सदस्यहरूको सहभागितामा भर्चुअल रूपमा सम्पन्न भएको थियो।