काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सिमरामा भएको घटनाप्रति ध्यानाकर्षण भएको बताएको छ। केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समितिको जारी बैठकले बुधबार सिमरामा भएको घटना संवेदनशील भएको निष्कर्ष निकाल्दै सरकारको ध्यानाकर्षण गराएको हो। रास्वपाले निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्छ र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्नेमा जाेड दिएकाे छ। यसमा रास्वपाको गम्भीर सरोकार […]