बडादसैँले राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउनेछः मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बडादसैँले सत्य, सदाचार, आपसी सद्भाव, सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।