यात्रु ठग्ने र क्षमताभन्दा बढी यात्रु बोक्नेमाथि कडा कारबाही गर्न निर्देशन

दसैँ, तिहार र छठलगायतका चाडपर्वमा सार्वजनिक यातायातलाई सरल, सुरक्षित र मर्यादित बनाउन पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ। सोमबार बसेको समितिको बैठकले यात्रुले भोग्ने सास्ती, टिकटमा हुने ठगी तथा सवारी दुर्घटनाका जोखिम न्यूनीकरण गर्न प्रभावकारी कार्ययोजनासहित तत्काल लागू गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सचेत गराएको हो। पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको अध्यक्षतामा […]