‘पूँजीबजार सुधारका २१ बुँदाले बजारमा वास्तविक माग र दीर्घकालीन पूँजी बढाउन सक्छ’

शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुलेलले अर्थ मन्त्रालयले ल्याएको पूँजी बजार सुधारसम्बन्धी २१ बुँदे कार्ययोजनाले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छन्। उनले कार्ययोजनामा समेटिएका सुधार प्रभावकारी रूपमा कार्यान्वयन भए बजारमा नयाँ लगानीका विकल्प विस्तार हुनुका साथै संस्थागत तथा दीर्घकालीन पूँजीको प्रवेश बढ्न सक्ने बताएका छन्। फुलेलले कार्ययोजनाका २१ वटै बुँदाको सम्भावित प्रभावबारे […]