काठमाडौँ। दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गाभाडा दिने प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वसचिव अर्जुनकुमार कार्कीलाई काठमाडौँ जिल्ला अदालतले ६ लाख रुपैयाँमा छाड्न आदेश दिएको छ। साथै पूर्वसह-सचिव लेखबहादुर कार्कीलाई भने १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ। जिल्ला न्यायाधीश रामचन्द्र खड्काको इजलासले बुधबार थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश गरेको हो। नेपाल ट्रस्टको जग्गा थामसेर्कु कम्पनीलाई […]