वीरगन्ज। पर्सा प्रहरीले २४० केजी चरेससहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले शनिबार राति वीरगन्ज महानगरपालिका २२‚ जगन्नाथपुर हाट सडकखण्डबाट चरेस बरामद गरेको हो। जाँचका क्रममा हेटौँडाबाट वीरगन्जतर्फ आउँदै गरेको ना.३ख ५०१३ नम्बरको ट्रकबाट चरेस बरामद भएको प्रहरी उपरीक्षक सुदीपराज पाठकले बताए। जाँचका क्रममा ट्रकको क्याबिनमाथि विशेष किसिमले बनाइएको फल्स बटम फोड्दा […]