काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको आकस्मिक बैठक सुरु भएको छ । बैठकमा सहभागी हुन पदाधिकारीहरु पार्टी कार्यालय च्यासल पुगेका छन् । अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेपछि पार्टीको आधिकारिक धारणा तय गर्न बैठक बोलाइएको हो ।