भक्तपुर । भक्तपुरको जगाती क्षेत्रमा आगलागी भएको छ। आगलागी भएको स्थान नजिकै ग्यास सिलिन्डरको पसलसमेत रहेकाले स्थानीयवासीले तत्काल ग्यास सिलिन्डरहरू सुरक्षित स्थानमा सारेका थिए। स्थानीयवासी र दमकलको सहयोगमा अग्निनियन्त्रक टोलीले समयमै आगो नियन्त्रणमा लिएपछि ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ। आगलागीका कारण केही घरमा भने क्षति पुगेको छ। आगलागीको कारण भने खुल्न सकेको छैन। घटनाबारे […]