नवरात्रको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना, शक्तिपीठमा भक्तजनको भीड

नवरात्रको पाँचौँ दिन बिहीबार दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीमा स्कन्दमाताको विशेष पूजा गर्ने परम्परा छ। स्कन्दकी माता भएकाले देवीको नाम स्कन्दमाता रहन गएको धार्मिक मान्यता छ। उनलाई पार्वतीकै स्वरूपका रूपमा पूजा गरिन्छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवीभागवत […]