जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ । पर्यटनको मुख्य याम सुरु भएसँगै बन्दीपुरका पर्यटकीयस्थल, होटल तथा ग्रामीण बस्तीमा विदेशी पर्यटकको चहलपहल बढेको हो । प्राकृतिक सुन्दरता, हिमशृङ्खलाको मनोरम दृश्य, परम्परागत नेवारी बस्ती, मौलिक संस्कृति र शान्त वातावरणका कारण बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्दै आएको […]