माओवादी सांसदको प्रश्न– पक्राउ पुर्जी जारी भएको सांसद प्रधानमन्त्रीसँग एउटै मञ्चमा देखिनु सुशासनको कुन नमुना हो ?

माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले पक्राउ पुर्जी जारी भएका लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थी प्रधानमन्त्री सहभागी कार्यक्रमको मञ्चमा देखिएको विषयमा संसदमा प्रश्न उठाएका छन् ।