किमाथांका – सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथांका नाकास्थित नेपाल–चीन सिमानामा रहेका सीमा स्तम्भको निरीक्षण गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुर अन्तर्गतको सीमा सुरक्षा पोष्ट बिओपि किमाथाङ्का बिओपी, चिनीयाँ प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाकामा रहेको नेपाल–चीन सिमानामा सीमा स्तम्भको निरीक्षण गरेको हो […]