रास्वपाले स्वास्थ्य, शिक्षा र सुशासनलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सार्दै आएको छ। पार्टीका अनुसार स्वास्थ्य प्रणालीमा देखिएका संरचनागत समस्या, जनशक्ति व्यवस्थापन, पहुँच र गुणस्तर सुधारका लागि प्रत्यक्ष अनुभव भएका चिकित्सकहरूको भूमिका प्रभावकारी हुने विश्वास गरिएको छ।