काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले सरकार निर्वाचन सार्ने षड्यन्त्रमा रहेको बताएका छन् । नेकपा एमाले प्रचार तथा प्रकाशन विभागले पार्टी केन्द्रीय कार्यलयमा आयोजना गरेको पत्रकार भेटघाटमा थापाले यस्तो आशंका गरेका हुन् । ‘निर्वाचन सार्ने छनक प्रधानमन्त्रीले गरिरहनु भएको छ’, थापाले भने, ‘केही दिनअघि प्रधानमन्त्रीले हिमाली क्षेत्रको निर्वाचन सर्न सक्ने […]