प्रधानमन्त्रीको अनुभव: मैले ४३ हजारमा चुनाव लडेर १० हजार बचाएको थिएँ

नेपालमा चुनावी राजनीति महँगो र भड्किलो बन्दै गएको वर्तमान सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो निर्वाचनको अनुभव सुनाउँदै आफूले जम्मा ४३ हजार रुपैयाँमा चुनाव लडेर १० हजार रुपैयाँ बचाएको रोचक प्रसंग सुनाएका छन्।