म्याग्दी– म्याग्दीका तीन वटा स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । यो सडक म्याग्दीको पश्चिमी क्षेत्रको ‘लाइफलाइन’ मानिन्छ । मङ्गला गाउँपालिका–२ लाम्पाटामा बुधबार राति खसेको पहिरोका कारण मङ्गला, मालिका र धवलागिरी गाउँपालिकाको जिल्ला सदरमुकाम बेनी बजारसँग सिधा यातायात सम्पर्क टुटेको हो । सडक अवरुद्ध हुँदा स्थानीयबासीलाई आवतजावत, ढुवानी […]