विश्वकप फुटबल २०२६ मा ब्राजिलले हाइटीमाथि सानदार जित निकालेको छ। अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको समूह चरणको आफ्नो दोस्रो खेलमा ब्राजिलले हाइटीलाई ३–० गोलअन्तरले पराजित गरेको हो। ब्राजिलका लागि खेलको २३ औँ मिनेटमा माथेउस कुन्हाले गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले ३६ औँ मिनेटमा थप एक गोल गर्दै ब्राजिलको अग्रतालाई दोब्बर बनाए। त्यसपछि भिनिसियस जुनियरले पहिलो […]