यो लेखिरहनु भन्दा चार–पाँच महिना अघिको कुरा हो। हामी केही साहित्यानुरागी, त्यस्तै विद्यार्थी, दर्शनानुरागी मित्रहरू सामाजिक सञ्जाल इतर पहिलो पटक भेट भएका थियौं। यस प्रकारको भेटघाटलाई हात मिलाउनु, गफ गर्नु, चिया/कफी पिउनु जस्ता अतिसरल क्रियापदहरू मात्र कैद गर्न सकिंदैन। …