राष्ट्र बैंकको वित्तीय तथ्यांक: बैंकले ‘उपभोग्य’ कर्जा बाँडिरहँदा खराब कर्जा इतिहासकै उच्च

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको बैंकिङ तथा वित्तीय तथ्याङ्कले मुलुकको अर्थतन्त्रमा गम्भीर संरचनात्मक चुनौतीहरू र जोखिमको थुप्रो देखाएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सार्वजनिक गरेको यो विस्तृत प्रतिवेदनले नेपालको बैंकिङ क्षेत्र वास्तविक उत्पादनशील क्षेत्रमा लगानी विस्तार गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सघाउनुको सट्टा केवल उपभोग्य कर्जा प्रवाह र आयातित […]