खरानी भए उच्च अदालत तुलसीपुरका २२ हजार मिसिल, कहाँ कति क्षति?

कर्मचारी र सेवाग्राहीले खचाखच भरिने कतिपय कार्यालयहरूका कोठाहरूमा अझै पनि जलेर सामग्री र खरानीको थुप्रो देखिन्छ। कतिपय कार्यालयहरूमा भने जलाइएका र फोडिएका सामग्री पन्छाएर सरसफाइ गर्न कर्मचारी आफै जुटेका छन्।