जेन-जी आन्दोलनका क्रममा २४ भदौमा भएको विध्वंस र आगजनीपछिको भद्रगोल अवस्थाको फाइदा उठाउँदै देशभरका कारागारबाट कैदीबन्दी भागे। त्यसक्रममा अदालतबाट गम्भीर अपराधमा दोषी ठहर भई सजाय भोगिरहेका विदेशीसमेत जेलबाट भागेका थिए। कारागार व्यवस्थापन विभागका अनुसार २४ भदौपछि देशभरका कारागारबाट १४ हजार ५५४ कैदीबन्दी भागेका थिए। तीमध्ये आत्मसमर्पण गरेका र प्रहरीले पक्राउ गरेकासमेत गरी हालसम्म १० हजारभन्दा […]