जोहानेसबर्ग। दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा बन्दुकधारीहरूले आक्रमण गरी ३ वर्षीय बालकसहित ११ जनाको हत्या गरेका छन्। आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै त्यहाँका प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएका छन्। प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा शनिबार आक्रमण हुँदा दशजनाको घटनास्थलमै मृत्यु भएको उल्लेख गर्दै अर्का एकजनाको […]