मर्मतपछि खुल्यो कागबेनी-कोरला सडक

मुस्ताङ- कोरलानाका जोड्ने कागबेनी–चैले सडक आइतबार (कात्तिक १६)देखि सञ्चालनमा आएको छ । शनिबार बिहानदेखि सडक मर्मत सुरु गरिएकामा कागबेनी–कोरला सिधा यातायात सेवा ३६ घण्टापछि सञ्चालनमा आएको हो । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधि तथा कालीगण्डकी करिडोर (बेनी—जोमसोम–कोरला) सडक आयोजनाको संयुक्त पहलमा कागबेनी–कोरला सडक सञ्चालनमा ल्याइएको हो । वर्षाका कारण कागबेनी–कोरला खण्डअन्तर्गत […]