काठमाडौं– कोटेश्वरस्थित जडीबुटी उद्योगमा राजावादी आन्दोलनकारीले आगो लगाएपछि नेपाली सेना पुगेको छ। बिहानैदेखि अराजक बन्दै गएका राजावादी आन्दोलनकारीहरूले जडीबुटी उद्योगमा पनि आगजनी गरेका थिए । त्यसपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको अवस्थामा नेपाली सेनाको टोली उक्त कम्पनी परिसरमा पुगेको हो । राजावादी आन्दोलनकारीले गरेको आगजनीबाट उद्योग परिसरमा रहेका आधा दर्जन बढी सवारी साधन जलेका […]