नरैनापुरबाटै प्यान र करचुक्ता प्रमाणपत्रसहितका करदाता सेवा

बाँके । नरैनापुर गाउँपालिकाका सेवाग्राहीले अब स्थायी लेखा नम्बर (प्यान), करचुक्ता प्रमाणपत्रलगायतका करदाता सेवा गाउँपालिकाबाटै पाउने भएका छन्। साविकमा करदाता सेवा कार्यालयबाट प्रदान हुँदै आएका सेवा स्थानीय तहबाट प्रवाह गर्ने नेपाल सरकारको निर्णयअनुसार आन्तरिक राजस्व कार्यालय नेपालगन्ज र नरैनापुर गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारीअनुसार गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने प्राकृतिक व्यक्तिलाई व्यक्तिगत स्थायी […]