नारायण दाइसँग गाउन नपाएको त्यो गीत

‘राम्रो गाउँदा रहेछौ’ मैले रेडियो नेपालको स्टुडियोभित्र गाइरहेको नारायण दाइले बाहिरैबाट सुन्नुभएछ। उसै त कम बोल्ने मान्छे, छोटो प्रतिक्रिया दिनुभयो। आफूले देउताजस्तै मान्ने गायकले दिएको प्रतिक्रियाले मलाई ठूलो हौसला मिल्यो। यो २०२७ सालको कुरा हो। म दोस्रोपटक धरानबाट रेडियो नेपालमा गीत रेकर्ड गराउन आएको थिएँ। त्यही बेला हो, उहाँसँग पहिलोपटक भेट भएको। ‘कम्पोजिसन राम्रो गर्दा […]