जेन-जी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने एकजना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ‘जेन-जी’ प्रदर्शनका क्रममा हतियार लुट्ने एकजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रदर्शनका क्रममा प्रहरी कार्यालबाट हतियार लुट्ने काभ्रेपलाञ्चोक घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २२ वर्षीय राजा तामाङ भन्ने वाङ्सु लामालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। काठमाडौँ महानगरपालिका–७, लाहुरे टोलस्थित प्रवीण घिमिरे भन्ने भरत विश्वकर्माले सञ्चालन गर्दै आएको सोलुखुम्बु […]