‘काँग्रेसको झन्डा र चुनाव चिह्न अरूले प्रयोग गरे आयोगले हेर्नुपर्छ’ : निष्कल राई

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य निष्कल राईले पार्टीको झन्डा र चुनाव चिह्न रुख प्रयोग गरी अन्य पक्षले कार्यक्रम आयोजना गरे त्यसबारे निर्वाचन आयोगले हेर्नुपर्ने बताएका छन् । बुधबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै राईले काँग्रेसको आधिकारिकतासम्बन्धी विवाद समाप्त भइसकेको दाबी गरे । निर्वाचन आयोगले महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण […]