स्विट्जरल्यान्डको स्की रिसोर्टमा नयाँ वर्षको पार्टीका क्रममा आगलागी, करिब ४० जनाको मृत्यु

स्विट्जरल्यान्ड। स्विट्जरल्यान्डको प्रसिद्ध स्की रिसोर्ट सहर क्रान्स–मोन्टानामा नयाँ वर्ष मनाइरहेका बेला एक भीडभाड भएको बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु भएको छ। यस दुर्घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमा धेरैको अवस्था गम्भीर छ। आगलागी बिहीबार बिहान करिब १ः३० बजे ‘ले कन्स्टेलेसन’ नामक बारमा भएको हो। आगो फैलिएपछि बारभित्र ठूलो अफरा–तफरी मच्चिएको […]