प्रधानमन्त्रीले शाहले देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशवासीका नाममा विशेष सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बिहीबार साँझ सम्बोधन गर्ने तयारी भइरहेको भए पनि सम्बोधनको निश्चित समय भने सार्वजनिक भइसकेको छैन। यसअघि बिहीबार अपराह्न प्रधानमन्त्री शाहसँग गृहमन्त्री सुधन गुरुङले भेटवार्ता गरेका थिए। उक्त भेटलगत्तै गृहमन्त्री सुनसरी प्रस्थान गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।