कांग्रेस एकताका लागि मध्यमार्ग खोज्न शेखर कोइरालाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा देखिएको आन्तरिक विभाजन रोक्दै सहमति, सहकार्य र एकताको बाटो रोज्न आह्वान गरेका छन्। असोज १ गते जारी प्रेस वक्तव्यमा कोइरालाले कांग्रेसको घोषित दुई महाधिवेशनले पार्टी मात्र नभई नेपालको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा समेत आघात पुग्ने भन्दै मध्यमार्गी र विवेकपूर्ण समझदारी खोज्नुपर्ने बताएका छन्। उनले कांग्रेस विभाजित […]