मुग्लिन नारायणगढ सडकखण्डमा सातवटा सवारीसाधन ठोक्किँदा २० जनाभन्दा बढी घाइते

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा शनिबार बिहान सात वटा सवारीसाधन आपसमा ठोक्किँदा २० जनाभन्दा बढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार दुर्घटना बिहान करिब ७ः३० बजे भएको हो । मुग्लिनतर्फबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ७४२० […]