मन्त्री र सचिवसँग कार्यप्रगति विवरण लिँदै प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार गठन भएपछि भएका कार्यप्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक गरेकी छन्। प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गरिरहेका छन्। प्रधानमन्त्रीले आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा निर्देशन दिने कार्कीका प्रेस सल्लाहकार रामबहादुर राववले जनाए।