विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)

डा. किसन भण्डारी अनुभवी नेपाली चिकित्सक, शिक्षाविद् तथा सेन्ट्रल एसियाली क्षेत्रमा लामो समयदेखि क्रियाशील व्यक्तित्व हुन्। हाल उनी उज्बेकिस्तानस्थित एसिया इन्टरनेसनल युनिभर्सिटीमा डिनको जिम्मेवारी सम्हाल्दै अन्तर्राष्ट्रियस्तरको चिकित्सा शिक्षा प्रवर्द्धनमा सक्रिय छन्। मस्कोबाट एमबीबीएस पूरा गरेका डा. भण्डारीले किर्गिस्तानबाट न्युरो सर्जरीमा स्नातकोत्तर तथा जनस्वास्थ्यमा मास्टर्स अध्ययन गरेका छन्।