फेवातालमा कार खसेर दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु

काठमाडाैं ।पोखरामा कार दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक आज बिहान विएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएकाे छ । घटनामा स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने कारका चालक २४ वर्षीय अदित गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । […]