दिल्लीमा ब्रिक्स नेताहरूको साझा घोषणा : गाजा हिंसा अन्त्य र विश्व आपूर्ति शृङ्खला सहज राख्न आह्वान

मध्यपूर्वमा चर्किएको युद्धले विश्व ऊर्जा आपूर्ति, व्यापार र ढुवानी प्रणालीमा दबाब बढाइरहेका बेला ब्रिक्स राष्ट्रहरूले तनाव कम गर्न ‘अधिकतम संयम’ अपनाउन आग्रह गरेका छन्। भारतको नयाँदिल्लीमा शनिबार सुरु भएको ब्रिक्स शिखर सम्मेलनले सर्वसम्मत रूपमा संयुक्त घोषणापत्र पारित गर्दै विश्व व्यापार, आपूर्ति शृङ्खला र ऊर्जा प्रवाहलाई सहज राख्न सदस्य राष्ट्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ। […]