आक्रमणकारीको बन्दुक खोस्ने अहमदलाई भेटेर प्रधानमन्त्रीले भने – ‘अष्ट्रेलियाली नायक’

अष्ट्रेलियामा सन् १९९६ यता भएको सबैभन्दा घातक बन्दुक आक्रमणमा एक बन्दुकधारीलाई निशस्त्र पार्ने प्रयास गरेका अहमद अल अहमदलाई अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले अस्पतालमै भेट गरेका छन्। आक्रमणका क्रममा एक जना बन्दुकधारीलाई निशस्त्र पार्न खोज्दा गम्भीर घाइते भएका अहमदलाई प्रधानमन्त्रीले “हाम्रो देशको उत्कृष्ट प्रतिनिधि” भन्दै सम्मान व्यक्त गरे। दुई सन्तानका पिता तथा फलफूल पसलका मालिक अहमद […]