बालाजुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको बालाजुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बालाजु बाइसधारा गेट अगाडि गए राति करिब साढे १० बजे बागमती प्रदेश ०१-००६ ख ३४५४ नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनापछि ट्रकलाई बालाजु प्रहरीले नियन्त्रणमा लिएको छ।