नेपालको वित्तीय प्रणालीमा बैंक तथा वित्तीय संस्थाहरुलाई अर्थतन्त्रको सबैभन्दा सुरक्षित र पारदर्शी खम्बा मानिन्छ । सर्वसाधारणले आफ्नो पसिनाको कमाइ घरको दराजमा भन्दा बैंकको खातामा सुरक्षित हुने विश्वासका साथ निक्षेप जम्मा गर्छन् । तर, पछिल्लो समय घटेका घटनाक्रमहरूले यो विश्वासको जगलाई नराम्ररी हल्लाइदिएका छन् । यस्तो घोटालामा बैंकका उच्च पदस्थ अधिकारीदेखि तल्लो तहका कर्मचारीसम्मको प्रत्यक्ष संलग्नतामा […]