६ करोडको भ्रष्टाचार मुद्दामा आंशिक सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन निर्देशक डा. श्रवणकुमार मिश्रसमेत प्रतिवादी रहेको गैर कानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० मा मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामबाट प्रदेशभित्रका ७५ वटा स्थानीय तहका जनस्वास्थ्य […]