मेचीनगर- मेचीनगर नगरपालिकाले ४६ जना किसानलाई रु १४ लाख बराबरका कृषि औजार वितरण गरेको छ। नगरपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा ४३ जना किसानलाई कुटी काट्ने उपकरण, एक जनालाई एउटा कम्बाइन मिल र दुई जनालाई काउम्याट वितरण गरिएको हो। विशेष गरेर व्यावसायिक रूपमा पशुपालन गरेका किसानलाई ती औजारले राहत पुग्ने नगरप्रमुख गोपाल बुढाथोकीले विश्वास व्यक्त गरे। […]