आइसको हिरासतमा थप ४ जना आप्रवासीको मृत्यु, यस वर्ष मात्रै ज्यान गुमाउनेको संख्या ३० पुग्यो

अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स एन्फोर्समेन्ट (आइस)को हिरासतमा गत हप्ता चार जना आप्रवासीको मृत्यु भएको छ। यससँगै सन् २०२५ मा हिरासतमा मृत्यु हुनेको संख्या दुई दशकयताकै उच्च स्तरमा पुगेको आइसले जनाएको छ। मृत्यु हुने ४ जना आप्रवासी हाइटी, निकारागुआ, इरिट्रिया र बुल्गेरियाका हुन् । उनीहरुको डिसेम्बर १२ देखि १५ तारिखसम्मको बीचमा मृत्यु भएको आइसले जनाएको छ […]