नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने जिम्मेवारी पार्टीको सचिवालयलाई दिएको छ। पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको आज बसेको बैठकले संगठनात्मक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित उक्त निर्णय गरेको हो। पार्टी उपमहासचिव लेखराज भट्टका अनुसार सचिवालयमा १९ जना पदाधिकारी तथा केन्द्रीय आयोगका अध्यक्ष रहनेछन्। सचिवालयले केन्द्रीय सदस्यहरूको जिम्मेवारी […]