सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २०० केजी गाँजा बरामद भएको छ । गौतमपुरबाट हरिनगरतर्फ जाँदै गरेको प्र १–०२–००४ ह ५६३९ नम्बर सिटी सफारीमा प्लाष्टिकका आठ वटा बोरामा राखिएको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।