काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती र बालक मृत अवस्थामा फेला परेका छन् । अन्दाजी २६ वर्षकी युवती र ११ वर्षका बालकको शव रूखको जरामा अड्किएको अवस्थामा भेटिएको हो । उनीहरू आमाछोरा हुन सक्ने अनुमान गरिए पनि पुष्टी हुन बाँकी छ।