सर्लाही– नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पतालको सेवा सर्लाहिस्थित हरिपुर्वाबाट पनि सुरुवात भएको छ । हरिपुर्वा नगरपालिका–२, स्थित नगर अस्पताल भवनबाट हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थानसँगको समन्वयमा भरतपुर आँखा अस्पतालको सेवा यहाँ विस्तार गरिएको हो । सेवा विस्तारसँगै आँखा उपचारसम्बन्धी विशेषज्ञ सेवा अब हरिपुर्वामै उपलब्ध हुने भएको छ । भरतपुर […]